×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केपी ‘बा’ र म भएपछि भक्तपुरका जनताले चिन्ता गर्नु पर्दैन : महेश बस्नेत

केपी ‘बा’ र म भएपछि भक्तपुरका जनताले चिन्ता गर्नु पर्दैन : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले केपी ओली र महेश बस्नेत भएपछि भक्तपुरको विकास र समृद्धिको पूरा हुने दाबी गरेका छन् । भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बस्नेतले निर्वाचनको मिति नै थाहा नहुने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने भन्दै प्रश्न गरे । 

सूर्यविनायक नगरपालिका-५ मा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुर र मुलुकै विकासको लागि एमालेको विकल्प नभएको दावी समेत गरे । ‘जनताले आगामी मंसिर ४ गते एमालेलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउनुहुनेछ,’ बस्नेतले भने, ‘कांग्रेसलाई भने प्रधानमन्त्री देउवाकै माग अनुसार मंसिर ६ गते मात्र मतदान गर्नुहुनेछ । यस्तो निर्वाचनको घोषणा गर्ने तर मिति नै थाहा नहुने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने ?’

‘एमालेको सरकार भएको समयमा भक्तपुरमा मात्र हैन, देशै भर जनताको माग, चाहना र आवश्यकता अनुसारको साना तथा ठूला असंख्य विकास निर्माका कार्यहरु भएका थिए । वर्तमान गठबन्धनको सरकार अएपछि विकासले दशैमा जुठो परेको समय जस्तै भएको छ,’ बस्नेतले भने, ‘विकासको सुनसान छ, चालु आयोजनाहरु समेत बन्द भएका छन् । त्यसैले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जनताहरु विजयी गराउन आतुर हुनुहुन्छ ।

भक्तपुरका जनता सचेता हुनुहुन्छ, एमालेले गरेको विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्नुहुनेछ । मंसिर ४ पछि एमालेको सरकार बन्ने छ । आम नेपाली युवा तथा जनताको ‘बा’ केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछि तपाईहरुको दाई वा भाई महेश बस्नेत सँगै हुनेछ । केपी बा र महेश दाई वा भाई भएपछि भक्तपुरका जनताले चिन्ता गर्नुपर्दैन ।’

एमाले विकासको पर्यायवाची भएको उल्लेख गर्दै उनले केपी ओली नेतृत्वको सरकारको समयमा भक्तपुरको विकास जिल्लाको लागि ऐतिहासिक भएको बताए ।

प्रतिकृया दिनुहोस्