×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

"आदिपुरुष" फिल्मका लेखकले मागे विना शर्त माफी

"आदिपुरुष" फिल्मका लेखकले मागे विना शर्त माफी

काठमाडौं -  विवादित हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् ।
शनिबार बिहान ट्विट गर्दै मनोजले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु । आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्‍याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु। भगवान् बजरङ्ग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति दिनुहोस्! चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए ।
प्रदर्शन लगत्तै चलचित्र विवादमा आएपछि व्यापारमा प्रत्यक्ष असर परेको थियो ।

 

प्रतिकृया दिनुहोस्