काठमाडौं- काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा विद्यार्थी एक संगठनले तालाबन्दी गरेको छ ।
महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै महानगरका सामुदायिक विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनका कार्यक्रम हुने गरेको जानकारी प्राप्त भएको जनाउँदै उक्त सूचना पुष्टि भए सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको थियो ।
महानगरपालिकाले सूचना जारी गरेको भोलिपल्ट बिहीबार कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले विभागमा ताल लगाएको हो ।
महानगरले दलका भातृसंगठनलाई विद्यालय परिसरमा कार्यक्रम गर्न नदिने घोषणा गरेपछि उक्त निर्णयको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।