काठमाडाैँ- पृथ्वी राजमार्गको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा पहिरो गएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।
अहिले बिहानबाट पहिरो हटाउन शुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् ।
यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।
यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक-पटक अवरूद्ध हुने गरेको छ ।