×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन ब्रोकर कम्पनी सेवोनको कारबाहीमा

तीन ब्रोकर कम्पनी सेवोनको कारबाहीमा

काठमाडाैं- नेपाल धितोपत्र बोर्ड (सेवोन)ले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोेर्डले सन्नी सेक्यूरिटीज, इम्पेरियल सेक्यूरिटिज र त्रिशुल सेक्यूरिटिजलाई कारबाही गरेको हो ।

सेबोनको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२), इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५० र त्रिशूल सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. २९) पनि कारबाही गर्ने निर्णय गरेको हो । सेबोनले नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेस नगरेको भन्दै ती ब्रोकर कम्पनी कारबाहीमा गरेको हो।

सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ ९२० अनुसार सनी सेक्युरिटिजलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेकोमा इम्पेरियल र त्रिशूल सेक्युरिटिज कम्पनीलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ ९४० अनुसार ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रतिकृया दिनुहोस्