काठमाडौं - आर्टिफिसियल इन्टेलिजेन्समा आधारित गुगलको च्याटबट 'बार्ड' नेपालमा पनि उपलब्ध हुन थालेको छ । यसअघि अमेरिका, बेलायत र क्यानडासहित केही सीमित देशमा उपलब्ध यो एआई टुल अब नेपालबाट पनि प्रयोग गर्न सकिन्छ ।
नेपालबाट प्रयोग गर्न वेटलिस्टमा सहभागी हुनुपर्छ । वेटलिस्टमा ज्वाइन हुन र बार्ड प्रयाेग गर्न तलकाे प्रक्रिया अपनाउनुहाेस्:
बार्ड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले यहाँ क्लिक गरी बार्डको वेबसाइटमा जानुहोस् ।
- त्यसपछि 'जोइन वेटलिस्ट' (Join Waitlist) मा क्लिक गर्नुहोस् ।
- अनि, प्राइभेसीको अप्सनमा टिक लगाएर पुनः 'जोइन वेटलिस्ट' मा क्लिक गर्नुहोस् ।
- यति भएपछि तपाईं वेटलिस्टमा सहभागी हुनुहुन्छ । त्यसको केही समयपछि तपाईंले बार्ड प्रयोग गर्न सक्नुहुन्छ भनेर ईमेल आउँछ । यति भएपछि तपाईंले च्याटजीपीटी जस्तै बार्ड प्रयोग गर्न सक्नुहुन्छ ।