×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज काग तिहार

आज काग तिहार

काठमाडौँ- यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । दीपको पर्व भनिने नेपालीहरूको दोस्रो ठुलो चाड तिहार हो । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ । 

यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।

धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमका अनुसार पर्सि मङ्गलवार गाईको पूजा गरिन्छ । बुधबार गोवद्र्धनपूजा, बली पूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ ।

बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि यमपञ्चक अर्थात् तिहार पर्व समापन हुन्छ ।

प्रतिकृया दिनुहोस्