×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

टी–२० विश्व कप : यी देशहरु खेल्दै न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान

टी–२० विश्व कप : यी देशहरु खेल्दै न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान

एजेन्सी - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज सुपर १२ को समूह ‘१’ मा रहेका न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ ।

आज हुने पहिलो खेलमा बिहान पौने १० बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् ।

सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्ककासाथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । श्रीलङ्का ४ खेलमा ४ अङ्ककासाथ चौथो, आयरल्यान्ड ४ खेलमा ३ अङ्कका साथ पाँचौँ र अफगानिस्तान ४ खेलमा २ अङ्कसहित पुछारमा छ ।

हिजो भएको सुपर १२ समूह ‘२’ को एक मात्र खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ पद्धतिको आधारमा ३३ रनले हराएर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । पाकिस्तानले अन्तिम खेल आइतवार बङ्लादेशसँग खेल्नेछ ।

पाकिस्तानले सेमिफाइनल खेल्न बङ्लादेशलाई फराकिलो अन्तरले हराउनुपर्छ भने आइतवार नै भारत र दक्षिण अफ्रिकाले खेल्ने खेलको नतिजामा पनि भर पर्नेछ । भारतले आइतवार जिम्बाब्वेसँग र दक्षिण अफ्रिकाले नेदरल्यान्डसँग खेल्नेछन् । 

प्रतिकृया दिनुहोस्