×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजनीतिमा फउल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ : ओली

राजनीतिमा फउल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषद्ले पूर्णता नपाउने सङ्केत गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउँदा अझै १०/१५ दिन लाग्न सक्छ । खेलकुद मन्त्री आएपछि म भन्छु खेलाडीहरूलाई सरकारले हेरोस् ।’

खेलकुद क्षेत्रको विकासका लागि आफूले सरकारसमक्ष माग गरेर पहल गर्ने बताए । उनले खेलकुददेखि राजनीतिसम्म कहीँ पनि फल खेल्न नहुने बताए ।

पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसङ्गलाई उनले सङ्केत गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’

ओलीको प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने निर्णयले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस सङ्घदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको छ ।

प्रतिकृया दिनुहोस्