×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष

नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष

काठमाडौँ- टी ट्वेन्टी विश्वकप छनोटको  आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्ससामु २१९ रनको लक्ष दिएको छ । ओमानमा टस हारेर पहिले बलिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय १८   रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल १०४ रनमा नट आउट रहे । दिपेन्द्रसिंह ऐरीले ८७ रन बनाए । ओपनर आसिफ सेख र अर्का ब्याटर कुशल मल्ललाई सस्तैमा गुमाए पनि कुशल भुर्तेल र ऐरीले ठूलो साझेदारी गर्दै नेपाललाई उच्च योगफलतर्फ अग्रसर गराएका थिए ।

कुशलले करियरको पहिलो शतक प्रहार गरे । उनी टी ट्वेन्टीमा शतक प्रहार गर्ने नेपालको तेस्रो खेलाडी पनि बनेका छन् । नेपाल आज  ठूलो जितको खोजीमा छ । जसले समूह विजेता बन्दै  सेमिफाइनल प्रवेश गर्न सहज हुनेछ ।

कुशलले पूरा गरे करिअरको पहिलो शतक

कुशल भुर्तेल टी-२० अन्तर्राष्ट्रियमा १०० रन पुरा गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने तेस्रो नेपाली खेलाडी समेत बने।

भुर्तेलले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै करिअरको पहिलो टी-२० शतक प्रहार गरे। यसअघि यो उपलब्धि पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ले हासिल गरेका थिए।

प्रतिकृया दिनुहोस्