काठमाडौँ - रोयल ‘ए’ खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार च्याम्पियन बनेको छ । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयल ‘ए’ ले नेपाल प्रहरी क्लब ‘बी’ लाई ११–९ अंकले हरायो ।
उपाधिसँगै रोयलले २० हजार र उपविजेता प्रहरीले १० हजार रुपियाँ पुरुस्कार पायो । विजयी टिमका लागि प्रतिक्षा मगरले सर्वाधिक नौ अंक योगदान गर्नुभयो । प्रतिक्षा नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
विजेतालाई नेपाल बास्केटबलका महासचिव नरेन्द्र थापा, प्रतियोगिता संयोजक सुवास दर्शनलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । एकदिने प्रतियोगितामा १० टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।