×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोरखा सौरपानी सामुदायिक वनमा बृक्षरोपण 

गोरखा सौरपानी सामुदायिक  वनमा बृक्षरोपण 

गोरखा नेपालको गण्डकी अञ्चल अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो।  गोरखा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको काखमा रहेको एउटा सुन्दर गाँउ हो सौरपानी गाँउ । गाँउलाई अझै सुन्दर बनाउन आज विभिन्न ठाउँमा बृक्षरोपण गरिएको छ । 

बारपाक सुलिकोट गाउँपालिका वडा नं.४ सौरपानी स्थित श्री थामपाखा सामुदायिक वनमा बादरको लागी फलफुल खेती गरिएको   स्थानिय दिपक ढकालले जानकारी दिएका छन्  ।  उनका अनुसार  "उपभोक्त समितिले २७०।९ हेक्टर क्षेत्रेफल ओगटेको ५ वटा खण्ड अन्तर्गत खण्ड नं.२ को कालिका मन्दिर देखि माथि बाट लिएर माडी भुमे मन्दिर सम्म विभिन्न प्रजातिका विरुवाहरु३लप्सी,अम्बा ,चिउरी,हर्रो,रुद्राक्ष ,जामुना,अमला ,जस्ता विरुवाहरु करिब १६००बेर्ना जिल्ला डिभिजन वन कार्यालय गोरखाको आयोजना र सव डिभिजन वन कार्यालय वालुवाको समन्वयमा सव डिभिजन कार्यालयका कर्मचारी वन रअक श्री ओम घलेको उपस्थिति तथा प्रत्यक्ष निगरानीमा सामुदायिक वन उपभोक्ता समितिका सचिव श्री टिका प्रसाद ढकाल र उपभोक्ताहरु बाट बिरुवा रोप्ने काम सम्पन्न भएको  हो " । 

उनले थपे "किसानले खेतबारीमा लगाएको बाली बादरले नै नष्ट गरीदिने भएकोले किसान उत्पादन लिन सकेकनन् ।" यसको समाधान के त ? भन्दा फलफुल बृक्षरोपण , यी बिरुवाहरु ३ देखी ४ वर्षमा उत्पादन हुन दिएपछी बाँदर जगंगमा नै बस्छ  र बस्तीमा छिर्ने सम्भावना कम हुुन्छ  भन्ने उद्देश्यले उक्त बिक्षरोपण कार्य गरिएको दिपक ढकालले जनाकारी दिए । 

 

 

प्रतिकृया दिनुहोस्