×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिकी डलरको बिक्रीदर १२७.११ रुपैयाँ पुग्दा अन्य मुद्राको कति ?

अमेरिकी डलरको बिक्रीदर १२७.११ रुपैयाँ पुग्दा अन्य मुद्राको कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ १५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ १६ पैसा र बिक्रीमा ९० रुपैयाँ ५९ पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा रहेको छ भने जापोनी येन १० को बिक्रीमा ९ रुपैयाँ ३६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा, युएई दिरहम एकको खिरदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीम ३४ रुपैयाँ ६१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा र कुवेती दिनार एकको खिरदमा ४११ रुपैयाँ २५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ २० पैसा तोकिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्