×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौं - नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ ।

कीतिपुरस्थित टीयू मैदानमा आइतबारको खेलमा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल बनाउँदै हार व्यहोरेको हो ।


नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रतिकृया दिनुहोस्