×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी अस्पतालमा नक्कली डाक्टर पक्राउ

कोशी अस्पतालमा नक्कली डाक्टर पक्राउ

विराटनगर, विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले कोशी अस्पतालको गाईनो वार्डमा बिरामी परीक्षण गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । मदिरा सेवन गरी सोमबार मध्यरातमा बिरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका अमृत बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’मा म्याद थप गरेर अनुसन्धान थलिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । मदिरा सेवन गरेर नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य जाँच गरेको पाइएपछि पक्राउ गरिएको उनले बताए ।

कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारबाहीका लागि मोरङ प्रहरीमा पत्र पठाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दासले मकालुखबरलाई बताए । ‘रक्सी खाएर आएको रहेछ,’ उनले भने, ‘उसको बिरामी कोभिड संक्रमित रहेछ, बिरामी हेर्न थालेपछि गार्डलाई बोलाएर प्रहरीलाई जिम्मा लगाएका छौँ ।’

डाक्टरको भेषमा मध्यराति अस्पतालमा आएर नक्कली डाक्टर बनेर छिरेको थाहा पाएपछि प्रहरीलाई आवश्यक कारबाही गर्न भनिएको मेसु दासले बताए । पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर बिरामीको स्वास्थ्य परीक्षण गरेको खुलेको छ । तीन जना बिरामीको स्वास्थ्य परीक्षण गर्न थालेपछि नक्कली डाक्टर भएको फेला परेको अस्पतालले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्