काठमाडाैँ- आयरल्यान्ड र युएईबीच आज ११:४५ का लागि तय भएको टी-२० अन्तर्राष्ट्रिय खेल स्थगित भएको छ। आयरल्यान्डका खेलाडीहरूको किटसहितको लगेज आइनपुगेपछि शुक्रबारका लागि तय भएको पहिलो खेल स्थगित भएको हो ।
चार देशीय शृङ्खला अन्तर्गत नेपालले आजनै ओमानसँग खेल्दैछ । नेपालको खेल भने निर्धारित समयमानै हुनेछ । नेपाल सहित आयोजक ओमान, युएई र आयरल्यान्डबीच विश्वकप छनोट अघि टी-२० शृङ्खला खेल्ने कार्यतालिका रहेको छ ।