×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आयोगले ४८ मध्ये ३० वटा मात्रै स्पष्टीकरणको जवाफ पायाे

आयोगले ४८ मध्ये ३० वटा मात्रै स्पष्टीकरणको जवाफ पायाे

काठमाडौँ- निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेकोमध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ।

आयोगका महान्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी दिएका हुन्। हामीले विभिन्न राजनीतिक दलका उम्मेदवार, सङ्घसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण मागेका छौँ’, उनले भने, ‘त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ।’ आयोगले स्पष्टीकरणको जवाफका आधारमा थप कारबाही गर्ने उनको भनाइ छ। 

आयोगले शुक्रबार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मगेको छ। शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनीन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै गरेको फोटो सार्वजनिक भएको थियो।

प्रतिकृया दिनुहोस्