×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल मेगा अक्सनमा सन्दीपमाथी बोली लागेन

आईपीएल मेगा अक्सनमा सन्दीपमाथी बोली लागेन

 काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्किपर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको मेगा अक्सनमा 'अनसोल्ड' भएका छन् ।

बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । उनलाई कुनै पनि टोलीले बोली लगाएनन । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अहिले उनी नेपाली टोलीको कप्तानी गर्दै विश्व कप छनोटका लागि ओमानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्