×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चारदेशीय टी-२० सिरिज: नेपाल युएईसँग २५ रनले पराजित

चारदेशीय टी-२० सिरिज: नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं - चार देश सम्मेलित टी–२० सिरिज अन्तर्गत नेपाल  युएईसित  २५ रनले पराजित भएको छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । ऐरीले ५ चौका हिर्काए । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । बमले दुई चौका र दुई छक्का हिर्काए । 

आसिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।  ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउदा २ चौका र १ छक्का हिर्काए । आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे । 

युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात पारे ।  यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।

युएईका लागि चिराग सुरीले अविजित ५३ सर्वाधिक ८४ रनको योगदान गरे । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।  रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए । 

मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे ।  मोहमद बुटाले १४ रन बनाए ।  नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।
सन्दीपको टी–ट्वान्टी अन्तर्राष्ट्रिय २८ खेलमा ४९ औं विकेट हो ।

प्रतिकृया दिनुहोस्