×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका नेताहरु पुगे बालुवाटार

प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका नेताहरु पुगे बालुवाटार

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन् । नेता/कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक अघि बढाउने संकेत गरेका थिए ।

 

यसैबीच लोसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री देउवाले गृहकार्यसमेत गरेका थिए । प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन् । लोसपालाई आगामी संघीय/प्रदेश चुनावमा सत्ता गठबन्धनसँग तालमेल गर्ने गरी छलफल गरिएको स्रोतको दाबी छ ।

 

प्रतिकृया दिनुहोस्