×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाउने

राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाउने


काठमाडौ- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ।

राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको भोलीपल्ट आज आयोगले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउन लागेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्