काठमाडौ- आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ। निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन’ पौडेलले भने।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो। नेकपा एमालेले दल दर्ता गरिसकेको छ भने नेपाली कांग्रेसले दर्ता गर्न बाँकी छ। कांग्रेसले मुख्यसचिव कृष्ण प्रसाद पौडेललाई दल नर्ताको जिम्मा दिएको छ।