×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने पक्राउ

सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने पक्राउ

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।

१२ वर्षदेखि संचालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौँ महानगरपालिका ७ बस्ने वर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुङ्गा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।

प्रतिकृया दिनुहोस्