×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा मेसिनबाट धान रोपेर ‘धान दिवस’मनाइँदै

चितवनमा मेसिनबाट धान रोपेर ‘धान दिवस’मनाइँदै

भरतपुर- चितवनमा १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन र कृषि ज्ञान केन्द्र चितवनले भोलि (बुधवार) जिल्लाका विभिन्न स्थानमा मेसिनबाट धान रोपेर धान दिवस मनाउन लागेका हुन् । 

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ विगतमा झै यस बर्ष पनि धान दिवस मनाउन लागिएको आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ । 

भोलि विहान ८ बजे खैरहनी नगरपालिका १३मा मेसिनबाट धान रोपेर दिवस मनाउन लागिएको  परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै, भरतपुर २५मा प्रतियोगितात्मक कार्यक्रम सहित धान रोपेर दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । 

चितवनमा बर्षे र चैते गरि ३० हजार ५०० हेक्टरमा धान खेति हुँदै आएको छ । हालसम्म २५ प्रतिशतमा रोपाइँ भैसकेको उहाँले जानकारी दिनुभयो ।  यहाँ सुचित गरिएका खुल्ला सेचित र हाईब्रिड गरी जम्मा १ सय ३० वटा धानका जात सावित्रि, सावा मसुली सब१, स्वर्ण सव १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५, बहुगुणी,१, बहुगुणी २ लगायत गरि १ सय ३० वटा जातका धान लगाईने गरिएको छ । 
पछिल्लो समयमा हर्दिनाथ १को विऊमा समस्या देखिन थालेपछि यसको विकल्पमा चैते ५ जातको चितवनमा सुरुवातमा गरिएको परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । 

चितवनमा चैते धान ७ हजार ४७० हेक्टरमा रोपाइँ हुँदै आएको छ । पछिल्ला ४ बर्षको अवधिमा जिल्लामा चैते धानको उत्पादकत्व २० प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, चार बर्षको अवधिमा प्रति हेक्टर ३ दशमलव २३ मेक्ट्रिकटनबाट बढेर ५ दशमलव २७ प्रतिशत उत्पादकत्व पुगेको छ । 

कृषिमा यान्त्रीकरण,  गुणस्तरिय बीऊ,  कृषकहरुको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा बृद्धि भएको पाण्डेले बताउनुभयो । यस्तै चितवनमा धान रोपाइँ यान्त्रीकरण मार्फत हुने क्रम बढ्दै गएको छ । गत बर्ष ३० विघामा मेसिनबाट धान रोपिएको थियो ।  
९ बर्षअघि मेसिनबाट रोपाइँ सुरु भएको चितवनमा अहिले साना ठुला गरेर ९ वटा मेसिन पुगेको छन् । चितवन जिल्लाका किसानहरु धान रोपाइँ गर्नका लागि यान्त्रीकरण तर्फ प्रयासरत रहेको परियोजनाले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्