काठमाडौं- पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्व जर्नेलहरूसँग परामर्श गरेको बताएका छन्। बाबुरामले ट्वीट गर्दै उक्ता कुरा उल्लेख गरेका हुन् । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन्।
सोहीक्रममा बुधबार उनले नेपाली सेनाका पूर्व जर्नेलहरूसँग छलफल गरेकी थिइन्। तर, उनको सो छलफल संविधानविपरीत रहेको डा. भट्टराईको दाबी छ।
नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन।’ चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमूक दल र नेतालाई सघाउन खोज्न नहुने पूर्वप्रधानमन्त्री डा भट्टराईको भनाइ छ।
उनले भनेका छन्,‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक-पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन।’