×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौं -  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ ।  अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबिच बिहान ९: १५ बजे सुरु हुने छ । आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच अहिले बिहान ९ :०० बजे सुरु हुने छ । 

मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ ।

प्रतिकृया दिनुहोस्