×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं गोंगबुबाट ४ करोड २५ लाख, सुन ९ किलो बरामद

काठमाडौं गोंगबुबाट  ४ करोड २५ लाख, सुन ९ किलो बरामद

 काडमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ ।
मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीक एसएसपी शेखर खनालले बताए ।


त्यसैगरी सुनका विभिन्न गरगहनाहरु ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।


 

प्रतिकृया दिनुहोस्