काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बसिरहेको छ । बैठक केहीबेरअघि समितिको सभाकक्ष सिंहदरबारमा सुरु भएको हो ।
बैठकमा नेपालको परराष्ट्रनीति कार्यान्वयन र प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणको सम्बन्धमा छलफल हुने कार्यतालिका छ। समितिको बैठकमा प्रधानमन्त्री देउवालाई पनि बोलाइएको छ। उनले बैठकमा एसपीपी र आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिनेछन्।
यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर एसपीपीबारे छलफल गरेको थियो।यसैबीच, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बसेको छ । बैठकमा यौन हिंसाबिरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल भइरहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आइतरबारलाई बोलाइएको छ। बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्दै छ । बैठकमा समितिमा विचाराधीन विधेयकहरुको बारेमा छलफल हुने कार्यसूची