×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस महाधिवेशनः हजार मत खस्यो

कांग्रेस महाधिवेशनः हजार मत खस्यो

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिले मतदान जारी छ । बिहान ९ बजे सुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरि १२ बजेबाट सुरू भएको हो । दिउँसो ३ः१५ बजे सम्ममा करिब हजार मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । एक जनालाई मतदान गर्न ५० मिनेटसम्म लागेको छ । मतदान गर्नका लागि प्रतिनिधिहरु बिहान ७ बजे देखि लामबद्ध भएर उभिएका थिए । मतदान गर्न धेरै समय लागेर ढिला हुँदा प्रतिनिधिहरुले लाइनमा उभिन पट्यार लागेको प्रतिक्रिया दिएका छन् ।

नयाँ नेतृत्व चयनको लागि भएको कांगे्रसको यो निर्वाचन प्यानल र व्यक्तिहरु मै पनि कडा प्रतिस्पर्धा हुने भएकोले निकै रोचक बनेको छ । राष्ट्रिय सभा गृहको एक स्थानमा र भृकुटीमण्डपको दुई स्थानमा मतदान भैरहेको छ । मतदान लम्बिने भएकोले बेलुका ९/१० बजेसम्म लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्