×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मिर्गौलापीडितले बाँच्न प्रधानमन्त्री नै हुनुपर्ने ?

मिर्गौलापीडितले बाँच्न प्रधानमन्त्री नै हुनुपर्ने ?

स्ट्यान्ड्अप कमेडियन आदर्श मिश्रले सामाजिक सञ्जालबाट पटक पटक आफ्नो बाबुको स्वास्थ समस्याको बारेमा जानकारी गराउँदै आएका थिए । उनको बाबुको मिर्गौलाको समस्या रहेको थियो । मंगलबार मिर्गौला प्रत्यारोपण गर्न नपाएर उनको बुबाले ज्यान गुमाउनु परेको आदर्श मिश्राले सामाजिक सञ्जालमार्फत बताएका थिए ।

यसै विषयलाई अंकित गर्दै विवेकशीलक पार्टीका संयोजक रविन्द्र मिश्राले स्ट्यान्ड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशुलाई एउटा प्रतिनिधि घटनामात्र रहेको बताएका छन् । 

यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र निजी भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा दाजुभाइ दिदीबहिनी जाने गरेको फेसबुक पोष्टमार्फत लेखेका छन् ।

उनले भने, आदर्शजी, तपाईंको बुवाको बैकुण्ठ वास होस् । तपाईं र परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।स्वास्थ्य आधारभूत मानव अधिकार हो । त्यसलाई गुणस्तरीय र निशुल्क बनाउनै पर्छ । तपाईंको पीडा रुपान्तरणकारी शक्ति र प्रेरणामा परिणत होस् म पनि तपाईंको साथमा छु ।

 

प्रतिकृया दिनुहोस्