×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तिन दल एकजुट भएपछि मुख्यमन्त्री पोखरेलकाे पद गुम्ने खतरा

तिन दल एकजुट भएपछि मुख्यमन्त्री पोखरेलकाे पद गुम्ने खतरा

काठमाडौं - लुम्बिनी प्रदेशमा रहेका प्रमुख तिन दलहरू मिलेपछि मुख्यमन्त्री शंकर पोखरेलकाे पद गुम्ने खतरा भएकाे छ ।  प्रदेश सभाका तिन दल  नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएपछि पद गम्ने खतरा बढेकाे हाे ।

नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुइँको पाएपछि मुख्यमन्त्री पोखरेलले केही समयअघि नै प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका थिए ।
हालै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब जुनसुकै बेला बस्ने गण्डकी र लुम्बिनी प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भई निर्णयार्थ पेस हुने छ ।

प्रतिकृया दिनुहोस्