×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लगातार दोस्रो जितको खोजीमा महिला टोली, पुरुष उज्वेकिस्तानसँग खेल्दै

लगातार दोस्रो जितको खोजीमा महिला टोली, पुरुष उज्वेकिस्तानसँग खेल्दै

काठमाडौँ- एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलमा आज नेपालकाे पुरुष र महिला दुवै टिम आ-आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्दै छन्। बंगलादेशमा जारी प्रतियोगितामा साबिक च्याम्पियन महिला टिम लगातार दोस्रो जितको खोजीमा रहँदा पुरुष टिम भने पहिलो जितको प्रयासमा हुनेछ।

नेपालको महिला टोलीले आज माल्दिभ्ससँग दिनको ११:१५ मा प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेको नेपाल दोस्रो खेलमा भने पहिलो खेलको गल्ती नदोहोर्‍याउने ध्याउनमा हुने छ।

प्रतियोगिताको साबिक च्याम्पियन भएकाले नेपाल स्वाभाविक रूपमा दोस्रो जित चाहन्छ। बिहीबार भएको पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेकाले पनि नेपाली टिम केही आत्मविश्वासी रहेको छ।

यस्तै पुरुष टोलीले आज नै साँज ५:५ मा हुने खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। यस्तै तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन्। पुरुषमा आयोजक बंगलादेश,  नेपाल,  माल्दिभ्स,  श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दा महिला तर्फ आयोजक  बंगलादेश सहित नेपाल,  किर्गिस्तान,  माल्दिभ्स,  श्रीलंका र उज्वेकिस्तान  रहेका छन्।

प्रतिकृया दिनुहोस्