×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको हो : निधि

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको हो : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् ।

कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताए । उपसभापति निधीले सङ्गठन विस्तारका लागि उहाँले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।

सो अवसरमा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गिरिजाबाबुले गरेको सङ्गठनबाट अहिलेसम्म पार्टी सञ्चालन भएको बताइन् । प्रतिनिधिबाट संविधान निर्माण गर्ने गिरिजाबाबुको सपना सुशील कोइरालाले पूरा गर्नुभएको उल्लेख गरिन् । फाउण्डेशनका सदस्य-सचिव अतुल कोइरालाले सरकार र पार्टीमा गिरिजाबाबुजस्तो नेताको अभाव खड्किएको बताए ।

 
 

प्रतिकृया दिनुहोस्