×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भक्तपुर २ नेकपा एमालेको बढ्दो जनलहर

भक्तपुर २ नेकपा एमालेको  बढ्दो जनलहर

भक्तपुर - आसन्न मंसिर ४ गते हुन लागेकोप्रतिनिधिसभा तथा  प्रदेशसभाको निर्वाचनको माहोल तातिरहेको बेला भक्तपुर क्षेत्र नं. २ को माहोल एका एक नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको भान हुन थालेको छ ।
एमालेका उम्मेदवारलाई जिताउन भक्तपुर क्षेत्र नं. २ का जनता दिनप्रति दिन  स्वतस्फुर्त रुपमा घरदैलो कार्यक्रममा सहभागी भइरहेका छन् । जनता सडकमा उर्लिएर घरदैलो गरेको र उम्मेद्वारलाई गरेको स्वागत हेर्दा लाग्छ, एमाले विजयी भइसक्यो, घोषणा गर्नलाई मात्र निर्वाचन पर्खनु परेको छ ।

एमालेले क्षेत्र नं. २ को प्रतिनिधिसभाको उम्मेदवार पार्टीको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई उठाएको छ भने प्रदेश सभा ‘क’ सूर्यविनायक क्षेत्रको लागि किरण थापा र ‘ख’ मध्यपुर क्षेत्रको लागि चन्दनकृष्ण श्रेष्ठलाई शसक्त रुपमा उम्मेदवार उभ्याएको छ । 
भक्तपुरको विकासमा कायापलट ल्याउन नेतृत्व गर्नुभएका बस्नेत, थापा र श्रेष्ठको पक्षमा अत्याधिक जनलहर आएको छ । दैनिक रुपमा गरिएको घरदैलो कार्यक्रममा जनताको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ भने विपक्षी गठबन्धन दलको कार्यक्रम सुस्ताउँदै गएको छ । 
गठबन्धन दलको कार्यक्रममा कार्यकर्ता तथा जनताको सहभागिता निरासापूर्ण रहेको छ ।

प्रतिकृया दिनुहोस्