काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा दामोदर भण्डारी मनोनित भएका छन् । नेकपा एमालेको दोश्रो केन्द्रिय कमिटिको बैठकले भण्डारीलाई सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो।
बैतडीबाट निर्वाचित संघीय सांसद समेत रहेका भण्डारीलाई एमालेले प्रदेश कमिटिको अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै रिक्त रहेको सुदूरपश्चिम प्रदेश कमिटिको उपाध्यक्षमा अछामका कमल तिमिल्सना र सचिवमा कैलालीका धर्मराज पाठकलाई मनोनित गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पूर्णता पाएसंगै आगामी माघ ८ गते प्रथम प्रदेश अधिवेशन हुनेछ । अधिवेशनले प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ ।