×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वभर १२ हजार कर्मचारी हटाउन तयारीमा फेसबुक

विश्वभर १२ हजार कर्मचारी हटाउन तयारीमा फेसबुक

काठमाडौं- सामाजिक सञ्जाल कम्पनी फेसबुकले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टहरुका अनुसार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्स इंकले हजारौँ कर्मचारीलाई हटाउने तयारी गरेको हो । 

यो काम बुधबारदेखि सुरु हुँदैछ । कम्पनीले विश्वभर १२ हजार कर्मचारीलाई हटाउन सक्छ । मेटाले हाल लगभग ८७ हजार कर्मचारीलाई रोजगार दिएको छ । 

मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग ठूलो संख्यामा कर्मचारी कटौतीको तयारीमा छन् । यो वर्ष कम्पनीको सेयर ७३ प्रतिशतले घटेको छ । फेसबुक (अहिले मेटा प्लेटफर्म) को अहिले टिकटक र युट्युबजस्ता प्लेटफर्मबाट कडा प्रतिस्पर्धा भइरहेको छ । यो १८ वर्ष पुरानो कम्पनीबाट प्रयोगकर्ताहरु टिकटक र युट्युबतिर सर्दैछन् । जसका कारण कम्पनीको आम्दानीमा नराम्रो असर परेको छ । 

यो वर्ष कम्पनीको सेयरमा भारी गिरावट आएको छ । कम्पनीले यसअघि नै नयाँ कर्मचारी भर्नामा रोक लगाएको थियो । अब ठूलो कटौती गर्ने भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्