×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा विशेष छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालि बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस - कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिका तर्फबाट प्रबन्ध निर्देशक हरीकुमार तामाङले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरे बापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५५ सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरूमा पनि ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने भएका छन् ।

ग्राहकहरूले मनकामना अस्पताल, टुम्लिङटार, चितवन फिजियोथेरापी र रिह्याबिलिटेसन सेन्टर, चितवन, पार्कल्यान्ड अस्पताल, पोखरा, नवजीवन फिजियोथेरापी र रिह्याबीलीटेसन सेन्टर, बुटवल, न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबीलीटेसन सेन्टर, धनगढीमा छुट पाउने बैंकले जनाएको छ ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्