×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने

जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने

काठमाडौँ- जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटेलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ । समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, सङ्गठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीन जना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।

 

प्रतिकृया दिनुहोस्