काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा आज नेपालले नामिबियासँग खेलिरहेको छ ।
काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
लिग–२ अन्तर्गतको पहिलो खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
नेपाल र नामिबियाबीच अहिलेसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएका छन् । जसमा नेपालले दुई र नामिबियाले तीनमा जित निकालेका थिए । एक खेल भने नतिजाविहीन बनेको थियो ।
नेपालले आज अनिल शाह र आसिफ शेख दुवैलाई खेलाएको छ । नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी रहेका छन् ।
बेन्च: दीपेन्द्र सिंह ऐरी,आरिफ शेख, देव खनाल, र सूर्य तामाङ छन् ।