काठमाडौं - प्रतिनिधिसभाको बैठक आज(आइतबार) बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ' एमसीसीमाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।
प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।
गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन ।