काठमाडौं- पटक-पटक सचेत गराउँदा पनि नसुध्रिएपछि प्रेस काउन्सिलले नेपालआज डटकम अनलाइनलाई कारबाही गरेको छ।
विभिन्न विषयमा पटक-पटक सन्दिग्ध समाचार प्रकाशन गर्ने तथा गलत, अपुष्ट श्रोतको हवाला दिएर प्रायोजित एवं एकपक्षीय सामग्री प्रकाशन गरेर व्यक्तिगत चरित्र हत्या हुने किसिमले समाचार प्रकाशन गरेकाले काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाट हटाउने निर्णय गरेको हो।
काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरी उक्त अनलाइनले काउन्सिलको स्वअनुगमन तथा विभिन्न व्यक्तिको उजुरीबाट बिनाआधार चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ। नेपाल पत्रकार महासंघलगायत सम्बध संघ सस्थासँग सल्लाह गरेर उक्त अनलाइनमाथि थप कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।