×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब सिंहदरबारभित्रै डिडिसीले बिक्रि कक्ष संचालन गर्ने

अब सिंहदरबारभित्रै डिडिसीले बिक्रि कक्ष संचालन गर्ने

दूग्धजन्य पदार्थको उत्पादन तथा बिक्रिवितरणमा ख्याति कमाएको सरकारी स्वामित्वको एक मात्र दुग्ध विकास संस्थान (डिडिसी)ले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै बिक्री कक्ष संचालनमा ल्याउने भएको छ । डिडिसीले सिंहदरबारसहित उपत्यकाभित्र कोटेश्वर, भक्तपुर, ललितपुर र चाबहिलमा गरी ५ ठाउँमा नयाँ बिक्री कक्ष संचालन गर्ने तयारी गरेको हो । 

दुग्ध जन्य पर्दाथको माग बढेको र निश्चित ठाउँमा भएका बिक्रिकक्षको बजारीकरणले बिक्रिवितरणमा कठिनाई भएका कारण बिक्री कक्ष विस्तार गर्न लागिएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । उनले भने– ‘हालको लागि उपत्यकामा मात्र बिक्री कक्ष विस्तार गर्न लागिएको हो । गत आर्थिक बर्षमा दाङ, सुर्खेत र जुम्ला लगायतका जिल्लामा बिक्री केन्द्र संचालनमा ल्याइए पनि हाल उपत्यका बाहिर बिक्रि कक्ष विस्तार गर्ने कुनै योजना बनाइएको छैन ।’

पौडेलका अनुसार उपत्यकामा पनि पहिलो प्रथमिकता सिंहदरबारभित्रै बिक्रि कक्ष संचालनमा ल्याउनु हो । यसको लागि सिंहदरबारभित्र बिक्रि कक्ष संचालनमा ल्याउन उपयुक्त स्थानको खोजि भइरहेको पौडेलले बताए । सिंहदरबारभित्र सबै मन्त्रालय र थुप्रै सरकारी निकायहरु भएकोले दुग्धजन्य पर्दाथको बढी खपत हुने संस्थानले अनुमान गरेको छ । 

नजिकिंदै गरेको चाडपर्वलाई  लक्षित गरी सबै बिक्री कक्षहरु खोल्ने तयारी भइरहेको  महाप्रबन्धक पौडेलको भनाई छ । चाडपर्वको समयमा दुग्धजन्य पर्दाथको माग धेरै हुने भएकोले उपभोक्ताहरुलाई सहज हुनेगरी उपत्यकाको विभिन्न ठाउँमा बिक्री कक्ष विस्तार गर्न लागिएको पौडेलले बताए । 

हाल उपत्यकामा ३ वटा बिक्रीकक्ष संचालनमा रहेको संस्थानले जनाएको छ । जसमा खुलमटार, न्युरोड र लैनचौरबाट डिडिसीका उत्पादनहरु बिक्री हुँदै आएको बताइएको छ

प्रतिकृया दिनुहोस्