काठमाडौँ- काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । यसबाट पर्न सक्ने असुविधाका लागि
महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताएका छन् ।
अब फोहोर उठ्नेछ । यो सबैको लागि निसन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुस्खका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।ु मेयर शाहले भनेका छन् ।