×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

प्रकाशमानका स्वकीय सचिव महाधिवेशन प्रतिनिधिमा पराजित

प्रकाशमानका स्वकीय सचिव महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका स्वकीय सचिव (पीए) यूपी लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेविसंघका पूर्वप्रवक्ता समेत रहेका लामिछानेलाई काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले पराजित गरेको हो । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कार्कीले सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समूहबाट उम्मेदवारी दिँदै छन् ।

५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । क्षेत्र नं. २ मा देउवा समूहले २२ जना महाधिवेशन प्रतिनिधि जितेको छ । प्रकाशमान सिंह समूहले प्रतिमा गौतम, दीपक कुइँकलसहित जम्मा ४ जना महाधिवेशन प्रतिनिधि जितेका छन् ।

कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंहका आफ्नै पीए लामछिाने महाविधेशन प्रतिनिधिमा नराम्रोसँग पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस्