×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

बुटवल- नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले बिज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् । 

‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयनगर्दा प्रदेश सरकार, संसद, विषयगत समिति लगायतका संरचनाको नियमित सन्चालन र व्यवस्था नगर्न साथै प्रदेश सभा र सरकारसँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबरजस्ती लैजानु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकाले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौं,’ सभापति खांणद्वारा जारी ज्ञिप्तीमा भनिएको छ ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निर्माणमा ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ । हालै सम्पन्न निर्वाचनको अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहींबाट चुस्त रुपमा सेवा सन्चालनगर्न समेत कांग्रेस रुपन्देहीले माग गरेको छ ।

यसअघि विभिन्न चार वटा कर्मचारी संगठनले पनि स्थायी संरचना नबन्दै मन्त्रालयहरु सार्दा काम गर्न कठीन हुने भन्दै तत्काल मन्त्रालयहरु नसार्न माग गर्दै प्रदेश सरकारका प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस्