×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धन बैठक : सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति

गठबन्धन बैठक : सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति

काठमाडौँ- सत्तारुढ गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए ।

‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ’, खड्काको भनाइ छ । गठबन्धनमा सहमति जुटे लगत्तै बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद् बैठकबाट उक्त विधेयक पारित गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

मन्त्रिपरिषदबाट पारित गरेर सरकारले आजै शुक्रबार दिउँसो बस्ने संसद बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने आन्तरिक तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्