रामनवमीको अवसरमा आज देशभर सार्वजनिक बिदा
चैत २७, २०७८काठमाडौं - सरकारले रामनवमीको अवसरमा आज(आइतबार) सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
सबै पढ्नुहोस