बागमती प्रदेश प्रमुखमा ‘नेपाल कोटा’बाट शर्मा सिफारिस
भदौ ३, २०७८बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरिएको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सिफारिस गरेको एक मन्त्रीले मकालुखबरलाई जानकारी दिए । शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिवसमेत हुन् । शर्माले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गरेका थिए । त्यस्तै, वामदेव गौतम र मदन भण्डारीको सचिवालयसमेत काम गरेका थिए ।
सबै पढ्नुहोस