काठमाडौं - सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधान्मन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजनालगायत विषयमा छलफल हुनेछ । सरकार बनेको दुई महिना बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।