‘अब भाडामा बस्नेले पनि बिजुलीको छुट्टै मिटर पाउँछन्’ ऊर्जामन्त्री
पुस ९, २०७८काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब भाडामा बस्नेले पनि विद्युत्को छुट्टै मिटर लिन सक्ने बताएकी छन् । ‘अब भाडाका घरमा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिर्इ ग्राहक बन्न सक्ने छन्,’ उनले भनिन्, ‘अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन् ।’
सबै पढ्नुहोस